रणवीर सिंहको फिल्म ‘धुरन्धर २’ कानूनी विवादमा

रणवीर सिंहको फिल्म ‘धुरन्धर २’ कानूनी विवादमा


काठमाडौँ । नायक रणवीर सिंह अभिनीत फिल्म धुरन्धर २ कानूनी विवादमाकानुनी विवादमा फसेको छ । भारतको दिल्ली हाई कोर्टले बुधबार केन्द्र सरकार र केन्द्रीय चलचित्र प्रमाणन बोर्ड ९सीबीएफसी० लाई फिल्मविरुद्ध दायर गरिएको निवेदनमाथि छानबिन गर्न निर्देशन दिएको हो । सशस्त्र सीमा बल (एसएसबी) का एक जवानले जनहित याचिका दायर गर्दै फिल्ममा सेनाको अपरेशनसँग सम्बन्धित गोप्य जानकारी प्रस्तुत गरिएको आरोप लगाएका छन् । निवेदनमा फिल्मका केही दृश्यले राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने दाबी गरिएको छ ।

सुनुवाइका क्रममा अदालतले फिल्म काल्पनिक कथामा आधारित भए पनि सुरक्षासँग जोडिएका विषयलाई हल्का रूपमा लिन नमिल्ने टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अदालतले केन्द्र सरकार र सीबीएफसीसँग यस विषयमा जवाफ माग्दै आवश्यक अध्ययन गर्न निर्देशन दिएको छ । फिल्म निर्माण पक्षले भने ‘धुरन्धर २’ पूर्ण रूपमा मनोरञ्जनका लागि निर्माण गरिएको र कुनै संवेदनशील सैन्य जानकारी सार्वजनिक गर्ने उद्देश्य नरहेको बताएको छ ।