काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज संसद्मा प्रस्तुत गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–०८४ को अनुमानित आय व्यव विवरण संसद्को संयुक्त बैठकमा पेस गरेका छन् । उनले कुल २१ खर्ब २४ अर्ब ३८ करोड रुपैयाँको बजेट ल्याएका छन् ।
यसमध्ये १४ खर्ब राजस्वबाट स्रोत व्यवस्थापन हुनेछ भने बाँकी वैदेशिक अनुदान, वैदेशिक तथा आन्तरिक ऋणबा६ व्यवस्थापन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयबाट परिचालन हुने गरी ८४,७३,५८ लाख रुपैयाँको बजेट व्यवस्थापन गरेका छन् । यो भनेको अर्थ मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयका कर्मचारीको तलबसमेत हो ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट परिचालन हुने गरी ७८,४५,२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तो छ मन्त्रालयगत बजेट
- राष्ट्रपति कार्यालयको बजेट १५,७० लाख
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेट ७८४५२ लाख
- अर्थ मन्त्रालयको बजेट ८४७३५८ लाख
- ऊर्जा मन्त्रालयको बजेट ११४०२८२ लाख
- कृषि वन मन्त्रालयको बजेट ७३१२२१ लाख
- गृह मन्त्रालयको बजेट १०८३२९३ लाख
- पर्यटन मन्त्रालयको बजेट १०५३९२ लाख
- पूर्वाधार विकास मन्त्रालयको बजेट ३०२८३५२ लाख
- विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको बजेट ४०००४ लाख
- महिला बालबालिका मन्त्रालयको बजेट १२२६१४३ लाख
- शिक्षा तथा खेलकुद मन्त्रालयको बजेट २१८३०५० लाख
- सबै प्रदेशको बजेट ६९९२६१ लाख
- सबै स्थानीय तहको बजेट १०८५३७८ लाख

प्रतिक्रिया