१६ जेठ, काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका–१ गुणादीस्थित सडकमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बा.१ प ९२७ नम्बरको बसको ठक्करबाट सोही ठाउँमा बस्ने ६९ वर्षीय सम्मर बहादुर रानाभाटको १६ जेठ शनिबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको स्रोतकाे जानकारी।

प्रतिक्रिया