हराइरहेका दावा शेर्पा सगरमाथा आधार शिविर क्षेत्रमा भेटियो गम्भीर बिरामी अवस्थामा

हराइरहेका दावा शेर्पा सगरमाथा आधार शिविर क्षेत्रमा भेटियो गम्भीर बिरामी अवस्थामा


काठमाडौ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटक गाइड दावा शेर्पा गम्भीर बिरामी अवस्थामा भेटिएका छन्। बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदाले उनलाई सगरमाथा आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेका हुन्। पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले दिएको जानकारी अनुसार आरोही पर्यटकहरूको सहयोगीका रूपमा गएका उनी गएको ६ दिनदेखि बेपत्ता थिए। ओखलढुंगा खिजिदेम्बा गाउँपालिका निवासी शेर्पा आधार शिविर फर्किने क्रममा एकाएक हराएका थिए।

उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास क्षेत्रमा हेलिकोप्टरसमेत परिचालन गरिएको थियो। तर उनी फेला परेका थिएनन्। उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा बिहीबार बिहान फेला पारेर उद्धार गरिएको हो।