पशुपति सहकारीका ऋणीको नाम सार्वजनिक

पशुपति सहकारीका ऋणीको नाम सार्वजनिक


काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ ।

यस क्रममा साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र बक्यौता ऋण चुक्ता गर्न सूचित गरिएको छ ।

समितिले तोकिएको समयभित्र ऋण चुक्ता नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।