काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । रास्वपाले देशका ६१ जिल्लामा आज र भोलि (शनिबार र आइतबार)अधिवेशन गर्न लागेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाले देशका ७७ वटै जिल्लातदर्थ समिति बनाएको छ । अरु १६ जिल्लाको अधिवेशन भने अर्को चरणमा गर्ने तयारी छ । आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि आगामी असार १ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रास्वपाले बनाएको छ ।रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदै छ ।
रास्वपाले शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको छ ।
आज झापा, तेह्रथुम, मोरङ, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, सुनसरी, रौतहट, महोत्तरी, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दीको अधिवेशन हुँदैछ ।
त्यसैगरी गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलाको जिल्ला पनि आजै अधिवेशन हुने रास्वपाले जनाएको छ ।
जेठ २४ गते आइतबार २५ जिल्लाको अधिवेशन हुनेछ । भोलि उदयपुर, सोलुखुम्बु, खोटाङ, सिराहा, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र बाजुराको जिल्ला अधिवेशन हुने छ ।

प्रतिक्रिया