सुरु भयो कमेडी च्याम्पियनको चौथो सिजनको अडिसन

सुरु भयो कमेडी च्याम्पियनको चौथो सिजनको अडिसन


काठमाडौं । चर्चित टिभी रियालिटी शो कमेडी च्याम्पियनले चौथो सिजनका लागि देशव्यापी अडिसन सुरु गरेको छ । गएको सोमबार नेपालगन्जमा पहिलो अडिसन भयो ।

नेपालगन्जबाट चार जना प्रतिभाशाली कमेडियनहरुले सिजन ४ को टिकट काट्न सफल भएका छन् ।

अब २७ जेठमा बुटवल, २८ मा पोखरा, २९ मा चितवन, ३१ मा इटहरी र १ असारमा बिर्तामोडमा अडिसन आयोजना हुँदैछन् ।

मोफसलमा सकिएपछि प्रि-जजिङ अडिसन काठमाडौंमा हुनेछ । देशव्यापी अडिसनमा छुटेकाहरुले काठमाडौंबाट अडिसन दिन पाउने निर्देशक विशाल भण्डारीले बताए ।

नेपालगन्ज अडिसनमा निर्देशक भण्डारी सहित निश्चल अर्याल र प्रभात लामा जज थिए । अन्य सहरमा हुने अडिसनमा अन्य सदस्य जज हुने जनाइएको छ ।

६ वटै सहरमा छनोट भएकाले मुख्य जजको उपस्थितिमा काठमाडौंमा आयोजना हुने फिजिकल अडिसन दिनुपर्नेछ ।

चौथो सिजन आउँदो साउनबाट प्रसारण गर्ने तयारी गरिएको निर्देशक भण्डारीले बताए ।