विद्युतीय सिगरेट सुन तस्करीका दाओजिन ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी

विद्युतीय सिगरेट सुन तस्करीका दाओजिन ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी


काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेका चिनियाँ नागरिक दाओजिन वाङलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाएको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रतिवेदन बुझाउनुअघि सीआईबी प्रमुख किरण बज्राचार्यले भेप प्रकरणमा मुछिएका दाओजिनलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाइएको जानकारी दिइन् । उनी हाल फरार छन् ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । ३२ जना हिरासतमा छन् भने १८ जना फरार छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो ।