बाढीका कारण २३सय जनाको मृत्यु, १० हजार बेपत्ता

बाढीका कारण २३सय जनाको मृत्यु, १० हजार बेपत्ता


काठमाडौं । 
पूर्वी लिबियामा आएको बाढीमा परी २ हजार ३ सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् ।
रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् ।
लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा पूर्वी शहर डेर्नामा मात्र २ हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन् ।
उनीहरुले २ वटा नदीका बाँध भत्किँदा ठूलो हताहति भएको जनाउँदै ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय नाघ्नसक्ने बताएका छन् ।
यस्तै बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय संगठन (आईओएम)ले जनाएको छ ।
गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा २ वटा नदीमा बाँधिएका  २ वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।
यसअघि रेडक्रसका अधिकारीहरूले पूर्वी लिबियामा आएको बाढीमा परी २ हजार ३ सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका बताएका थिए ।
रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको संख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् ।