२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश


काठमाडौ ।सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो ।

नर्वेका हालान्डले खेलको ४८ र ५८ औँ मिनेटमा दुई गोल गरे। नर्वेका लागि अर्को गोल मार्कस पेडेरेसनले गरेका हुन्। उनले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए। उता सेनेगलका तर्फबाट इस्माल सार एक्लैले दुई गोल फर्काए। उनले खेलको ५३ औँ मिनेटमा पहिलो र दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गरेका हुन्।

समूह ‘आई’मा दुई खेलबाट नर्वेले ६ अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो समूहको फ्रान्स पनि ६ अंकसहित नकआउट चरणमा प्रवेश गरिसकेको छ।