शनिबारसम्मै मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने

शनिबारसम्मै मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने


Asphalt road.

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

साथै नेपालमा हाल भारतको दक्षिण पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुलेटिनमा लेखिएअनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी भदौ २९ गते शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।