आर्थिक विधेयक संसद्‌बाट पारित

आर्थिक विधेयक संसद्‌बाट पारित


काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबारको बैठकमा उक्त विधेयक पारित गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावलाई सभामुख डीपी अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए । हुन्छ भन्ने प्रस्तावको पक्षमा बहुमत भएसँगै सभामुखबाट आर्थिक विधेयक २०८३ पारित भएको घोषणा भएको हो ।

यसअघि आर्थिक विधेयकको दफाबार छलफल भएको थियो ।