रौतहट । गढीमाई नगरपालिकामा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका-१ हरैयाघाटस्थित बागमती नदीमा तैरिरहेको दाउरा निकाल्ने क्रममा डुबेर स्थानीय दुई बालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा सोही स्थानमा बस्ने ८ वर्षीय आदित्य यादव र ८ वर्षकै अनिकेस यादव छन् । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा दुवै जना अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए ।
नदीमा डुबेर बेपत्ता भएको खबर स्थानीयबासिन्दाले गरेलगत्तै उद्धार र खोजतलासका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस समनपुर र नेपाल प्रहरीको संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो ।
नदीको विभिन्न सम्भावित स्थानहरूमा व्यापक खोततलास गर्ने क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका हुन् ।

प्रतिक्रिया