पासपोर्ट प्रकरणमा पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश

पासपोर्ट प्रकरणमा पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट)खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूसँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी माग गर्ने आदेश दिएको हो।
अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, विभागका निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ धरौटी माग गरेको छ।
यस्तै, विभागका कर्मचारी सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३ लाख रुपैयाँ तथा ठेकेदार कम्पनीका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। त्यसैगरी, आरोपित तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ।