काठमाडौं ।
आज र भोलि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले दुई दिनअघि नै विशेष बुलेटिन जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
मनसुनी गतिविधि बढ्ने भएकाले मधेस, कोसी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने विभागले जनाएको छ । यी प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत जोखिम छ । पहाडीरतराईका धेरै ठाउँ र हिमाली क्षेत्रका केही भागमा मध्यम वर्षा हुनेछ ।
बंगालको खाडीको न्यूनचापीय प्रणालीका कारण जलवाष्पयुक्त हावा बढ्दै गएको छ ।
यसले भूक्षय, बाढी, पहिरो र तराईरसहरी क्षेत्रमा डुबान निम्त्याउन सक्छ । नदी, खोला र नालामा पानीको सतह बढ्ने सम्भावना छ ।“दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात र निर्माण कार्य प्रभावित हुन सक्छन्,” विभागले भनेको छ, “सतर्कता अपनाउनुहोस् ।”
जलवायुविज्ञधर्मराज उप्रेतीले मनसुन लुम्बिनी र सुदूरपश्चिम केन्द्रित रहेको बताएका छन् । कञ्चनपुरको हनुमाननगरमा ६ घण्टामा १०९ मिमि वर्षा भइसकेको छ । आज राति र बिहान उक्त क्षेत्रमा बढी वर्षा हुने उनको पूर्वानुमान छ । मध्य मधेसमा भने ठूलो वर्षा कम हुने छ ।

प्रतिक्रिया