निर्वाचन आयोगमा प्रमुख र आयुक्त सिफारिस, छलफल नगरी निर्णय गर्दा विपक्षी दलका नेता असन्तुष्ट

निर्वाचन आयोगमा प्रमुख र आयुक्त सिफारिस, छलफल नगरी निर्णय गर्दा विपक्षी दलका नेता असन्तुष्ट


काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । कार्की सर्वोच्च अदालतका रजिस्ट्रार थिए । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा बसेको परिषद्को बैठक प्रमुख आयुक्त र आयुक्त सिफारिस गरेको हो । कार्की य सेवाभित्रै समूह परिवर्तन गर्दै उनी न्याय प्रशासनतर्फ प्रवेश गरेका थिए र हाल सर्वोच्च अदालतमा रजिस्ट्रारका रूपमा कार्यरत छन्।

सिफारिसपछि उनले रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइ प्रक्रियामा सहभागी हुनुपर्नेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट उनको नियुक्ति हुनेछ।

यसैगरी परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त उपन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।

नेपाल प्रहरीमा सूचना प्रविधि (आईटी) विशेषज्ञका रूपमा कार्यरत रहँदै डीआईजी पदबाट अवकाश प्राप्त गरेका डा. सुब्बा हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयसँग आबद्ध छन्। यस्तै, ओखलढुंगाका वाग्ले निर्वाचन आयोगबाट उपन्यायाधिवक्ताका रूपमा अवकाश प्राप्त गरेका हुन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया दुई वर्षअघि अवकाश भएपछि उक्त पद रिक्त रहँदै आएको थियो। नयाँ प्रमुख नियुक्त हुन नसक्दा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा गत फागुन २१ गते निर्वाचन सम्पन्न गरिएको थियो।

भण्डारी पनि आगामी साता ६५ वर्षे उमेरहदका कारण अवकाश हुँदै छन्। प्रमुख निर्वाचन आयुक्त थपलिया र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको अवकाशपछि निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्तको पद लामो समयदेखि रिक्त रहेको थियो।

आज पनि परिषद्को बैठकमा नियुक्ति सिफारिसमा छलफल भएन । सिधै निर्णय प्रक्रियामा लगिएपछि प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असन्तुष्टि जनाएका छन् । उनले विपक्षी दलसँग सरकारले संववादहिनता तोड्नुपर्नेसमेत सुझाव दिएका छन् ।