ब्राजिलबिरुद्ध हालान्डको दुई गोलले नर्वे क्वाटरफाइनलमा

ब्राजिलबिरुद्ध हालान्डको दुई गोलले नर्वे क्वाटरफाइनलमा


पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकपमा नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ। विश्व च्याम्पियन मानिएको ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप- २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। पाँचपटकको विश्वविजेता ब्राजिल ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको हो।