मुक्तिनाथ विकास बैंकले सहयोग गर्यो ५ हजार विद्यार्थीलाई दिवा भोजन

मुक्तिनाथ विकास बैंकले सहयोग गर्यो ५ हजार विद्यार्थीलाई दिवा भोजन


धनगढी । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीमा सञ्चालन हुन लागेको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले एक कार्यक्रमबिच हस्तातरण गर्नुभयो । सिइयो मानन्धरले २ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

बैंकको सहयोगमा फुड फर लाइफ नेपालले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीका सरकारी विद्यालयमा अध्ययनरत ५ हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ । विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति बढाउने र शिक्षामा निरन्तरता दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमार्फत समाजको दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।
यो कार्यक्रमले स्थानीय विद्यार्थीहरूको स्वास्थ्य र शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।