काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेन जी अभियन्ता माजिद अन्सारीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गए राति होल्डिङ सेन्टरमा बाढी बसेपछि सुकुम्वासीको बिचल्ली भएको छ ।
प्रहरीले अन्सारीसँगै जेन जी अभियन्ता सरिश्मा थापालाई पनि नियन्त्रणमा लिएको छ । यस्तै सुकुम्वासी आयोगका पूर्व उपाध्यक्षलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरू वर्षाका कारण डुबानमा परेपछि उनीहरूको अवस्था बुझ्न तथा सहयोगका लागि अन्सारीसहितका अभियन्ताहरू त्यहाँ पुगेका थिए।
नियन्त्रणमा परेपछि अन्सारीले प्रहरीले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन्। हाल उनीहरूलाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ।

प्रतिक्रिया