सरकारको विरोध गर्ने अनुमानमा प्रहरी नियन्त्रणमा दुर्गा प्रसाईं

सरकारको विरोध गर्ने अनुमानमा प्रहरी नियन्त्रणमा दुर्गा प्रसाईं


काठमाडौं । झापाबाट काठमाडौं आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । विमानस्थलमा उनले सरकारका विरुद्ध बोल्न सक्ने अनुमानपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई उनको घर लिएर छोडिदिएको छ । प्रहरीकै गाडीमा उनलाई घरसम्म लगिएको हो । प्रसाईं आज झापाबाट आउने भएपछि सञ्चारकर्मीहरू विमानस्थल पुग्ने प्रयासमा थिए । तर प्रहरीले सञ्चारकर्मीहरूलाई गोल्डेन गेटबाट माथि जान दिएन ।

विमानस्थलमै कार्यक्रम गर्न लागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसरी कुनै नागरिकलाई बोल्नुभन्दा पहिला नै प्रहरीले यसरी नियन्त्रणमा लिएको यो सम्भवतः पहिलो घटना हो । प्रसाईँ आफूलाई लागेका कुरा निर्धक्कसँग बोल्ने व्यक्तिका रूपमा चर्चित छन् । कतिपय अवस्थामा उनले अतिरञ्जित हुने गरी पनि बोलेका छन् । उनलाई बोलेकै कारण प्रहरीले पटकपटक यसअघि पनि पक्राउ गरिसकेको छ ।

मुगुका गणेश नेपालीले आत्मदाह गरेपछि बालेन सरकारको चौतर्फी विरोध भइरहेको छ । प्रसाईंले त्यो विरोधलाई झन् बढाउने अनुमान गरी प्रहरीले उनलाई मिडियामा बोल्नै नदिएको हो ।