काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता Mojtaba Khamenei ले आफ्ना पिता तथा इरानका पूर्व सर्वोच्च नेता Ali Khamenei को हत्याको बदला संयुक्त राज्य अमेरिका र इजरायलसँग लिने घोषणा गरेका छन् ।
अमेरिका–इजरायल र इरानबीच सुरु भएको युद्धको प्रारम्भिक चरणमा फेब्रुअरी २८ मा भएको हवाई आक्रमणमा खामेनीको मृत्यु भएको थियो ।
इरानको सरकारी टेलिभिजनमार्फत प्रसारित मोज्तबा खामेनीको लिखित वक्तव्यमा भनिएको छ, “बदला लिनु राष्ट्रको माग हो र यो अवश्य पूरा गरिनेछ ।”
उनले अगाडि भने, “हामी शहीद सर्वोच्च नेता तथा यी दुई युद्धमा ज्यान गुमाएका सबै शहीदहरूको रगतको बदला ती अपराधी र अपमानित हत्याराहरूबाट लिएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
मोज्तबाले इरानको प्रतिशोध “अपरिहार्य” रहेको पनि बताएका छन् । शनिबार सार्वजनिक गरिएको यो वक्तव्य इरानमा अली खामेनीको निधनपछि धेरै दिनसम्म सञ्चालन गरिएको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रमकै क्रममा आएको हो ।
पिताको मृत्यु गराएको फेब्रुअरी अन्त्यतिरको हवाई आक्रमणपछि मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् । अमेरिकी पक्षले उक्त आक्रमणमा उनी पनि गम्भीर घाइते भएको दाबी गरेको छ ।

प्रतिक्रिया