चितवनमा रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र डुबानमा

चितवनमा रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र डुबानमा


चितवन। वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् ।गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् । सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ । घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् ।

पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्वर २ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर ११ बासिन्दाहरु राष्ट्रिय स्वतन्त्र पार्टी सभाति रवि लामिछानेका मतदाता हुन ।