काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन् ।
सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरे ।

प्रतिक्रिया