मनहरीबाट १०९ किलो गाँजासहित दुई जना पक्राउ

मनहरीबाट १०९ किलो गाँजासहित दुई जना पक्राउ


काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले १०९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप रोकी जाँच गर्दा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका १५ पोकामा लुकाइछिपाइ राखिएको १०९.०९६ किलो गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका–७ किरानचोकका ४१ वर्षीय सुमन तामाङ र सोही स्थानका १९ वर्षीय ईरोज तामाङ रहेका छन्।

प्रहरीले दुवै जनालाई गाँजा र पिकअप गाडीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।