श्रीमान्‌को कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमान्‌को कुटाइबाट श्रीमतीको मृत्यु


दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा एक श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका दोधारा चाँदनीका रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए ।

कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जना उपचारका लागि बुधबार दोधारा चाँदनीस्थित नगर अस्पतालमा पुगेका थिए । प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।