काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको छ ।
बिहीबार बसेको परिषद् बैठकले न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
बैठकले उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्तिका लागि परामर्श दिने निर्णय पनि गरेको छ ।
यस्तै, दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि परिषद्ले गरेको छ ।

प्रतिक्रिया