प्रीयंका र दुर्गेसले माफी माग्दै युट्युवबाट हटाए ‘मास्टर्नी’ गीत

प्रीयंका र दुर्गेसले माफी माग्दै युट्युवबाट हटाए ‘मास्टर्नी’ गीत


काठमाडौं। शिक्षण पेशामा लागेका नारीको अपमान हुने गरी रचिएको मास्टर्नी चलचित्रको गीत विवादमा तानिएपछि युट्युबबाट हटाइएको छ।

गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा राखिएको केही द्विअर्थी शब्द र भद्दा दृष्यको चर्को आलोचना भएपछि हटाइएको हो।

नायिका प्रियंका कार्कीले उक्त गीत हटाइएको जानकारी गराउँदै माफी समेत मागेकी छन्। उक्त गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा व्यापक आलोचना भएको थियो । त्यसलाई सम्मान गर्दै आफूले गीत हटाएको दुर्गेशले उल्लेख गरेका छन्।

ूदर्शकहरूको भावनाको सम्मान स्वरूप ‘मास्टर्नी’ गीतलाई दुर्गेश थापा युट्युब च्यानल तथा मेरा अन्य सामाजिक सञ्जालहरूबाट आधिकारिक रूपमा हटाइएको जानकारी गराउँदछु’उनले विज्ञप्तिमा भनेका छन्।

गीतका केही शब्द तथा प्रस्तुतीकरणले दर्शक, शिक्षक–शिक्षिका, गुरुजनको भावनामा ठेस पुगेको महसुस गरेका उनले बताएका छन्। ूत्यसप्रति म तथा सम्पूर्ण टिमको तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछौँ’ उनले भनेका छन्।