मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किएपछि अवरुद्ध बनेको सडकखण्ड पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरले आइतबार सूचना जारी गर्दै सडकमा सवारी आवागमन पुनः सञ्चालनमा आएको जनाएको हो ।
डिभिजनले चालकहरूलाई हतार नगरी सीमित गतिमा तथा लेन अनुशासन पालना गर्दै सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ । साथै, सडकमा सुरक्षित यात्रा गर्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।

प्रतिक्रिया