काठमाडौं । राजधानीको टेकु–कुलेश्वर क्षेत्रमा आइतबार दिउँसो लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । घटनामा एक भारतीय नागरिक घाइते भएका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिक लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा अपरेशन चलाएको थियो । पक्राउ गर्न खोज्दा शंकास्पद व्यक्तिहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको ब्युरोले जनाएको छ ।
गोली लागेर घाइते भएका भारतीय नागरिकको खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घटनामा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया