काठमाडौं । मनिलामा दक्षिणपूर्वी एसियाली नेताहरूको शिखर सम्मेलनको अवसरमा बिहीबार भएको बैठकमा शीर्ष अमेरिकी र रूसी कूटनीतिज्ञहरूले युक्रेन युद्धको बारेमा छलफल गरेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वर्षौं लामो युद्धको अन्त्य गर्ने उद्देश्यले रोकिएका वार्तालाई पुनर्जीवित गर्ने प्रयासमा अमेरिकी दूतहरूसँग छलफल गरेको बताएका छन् ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को बैठकका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ दुवै फिलिपिन्समा रहेको जनाइएको छ ।
अमेरिकी विदेश मन्त्रतालयले थप विवरणहरू उल्लेख नगरी दुवैले “अमेरिका र रूस सम्बन्धका साथै रूस र युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकताको बारेमा छलफल गरेको बताइएको छ ।
उनीहरूले मध्यपूर्वको द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको थियो, जसमा मस्कोले आफ्नो सहयोगी इरान माथि वासिङ्टनले गरेको आक्रमणको निन्दा गरेको छ ।
युक्रेनको युद्धले रूस र संयुक्त राज्य अमेरिकाको अन्य विषयहरूमा सहमति गर्ने क्षमतालाईसमेत बाधा पुर्याएको रुबियोले पत्रकारहरूसँगको साक्षतकारमा उल्लेख गरे ।
सम्भावित सहयोगका अन्य क्षेत्रहरू तथा उपायहरु खोज्न तयार रहेको जनाउँदै उहाँले आफुहरु यो युद्ध समाप्त भएको हेर्न चाहेको बताए ।
पछिल्लो समयमा युक्रेनमा द्वन्द्व अन्त्य गर्ने उद्देश्यका छलफलहरू रोकिएको तथा अमेरिकाको ध्यान अब मध्य पूर्वमा केन्द्रित रहेको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा अमेरिकी दूतहरू स्टीभ विटकोफ र जारेड कुशनरसँग “कूटनीति कसरी पुनर्जीवित गर्ने भन्ने बारे महत्त्वपूर्ण छलफल गरेको जनाइएको छ ।
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी लामो दूरीको ड्रोन आक्रमणको युक्रेनको अभियानलाई समर्थन गर्दै यसले द्वन्द्वको अन्त्य गर्न मद्दत गर्न सक्ने बताएका छन् ।
पछिल्लो समयमा युक्रेनले समुद्रमा प्रशोदित तेल डिपोहरू र कार्गो जहाजहरूलाई लक्षित गर्दै आफ्नो ड्रोन आक्रमणहरू बढाइरहेको छ, जसको कारणले रूसमा इन्धनको अभाव निम्त्याएको जनाइएको छ ।
जुनको अन्त्यमा युक्रेनको राजधानी किएभमा रूसी क्षेप्यास्त्र र ड्रोनले प्रहार गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको थियो ।

प्रतिक्रिया