गोपालमान श्रेष्ठलाई कांग्रेस वरिष्ठ नेता बनाउने घोषणा

गोपालमान श्रेष्ठलाई कांग्रेस वरिष्ठ नेता बनाउने घोषणा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सभापति थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका हुन्।

उक्त निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने थापाले बताए। गम्भीर बिरामी भएर श्रेष्ठ अस्पतालमा उपचार गराइरहेका छन्।

‘गोपालमान श्रेष्ठको स्वास्थ्य नाजुक छ, साउन १२, १३ गते केन्द्रीय समिति बैठक बस्छ, त्यो बैठकले अनुमोदन गर्ने गरी उहाँलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गर्दछु,’ थापाले भने।