काठमाडौं । इजरायली बैंकहरूले समकक्षी प्यालेस्टिनी बैंकहरूलाई सूचना गर्दै केही हप्ता भित्र बैंकिङ सेवा समाप्त गर्ने इच्छा व्यक्त गरेका छन् ।
इजरायली र प्यालेस्टिनी अधिकारीहरूले भने इजरायलले यो इच्छा कार्यान्वयन गरेमा वेस्ट ब्यांक क्षेत्रमा थप आर्थिक संकट बढ्ने जनाएका छन् ।
यी बैंकिङ सेवा इजरायलबाट कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा बिजुली, पानी, इन्धन र खानासहित इजरायलमा काम गर्ने प्यालेस्टिनीहरूले कमाएको ज्याला हस्तान्तरण गर्न जस्ता आवश्यक कामका लागि प्रयोग भइरहेको जनाइएको छ ।
इजरायली बैंकमा निर्भर पाँचवटा प्यालेस्टिनी बैंकले अगस्ट १३ को पत्राचारपछि बैंक सेवाहरूको पहुँच गुमाउने प्यालेस्टिनी बैंकका अधिकारीहरूलाई उधृत गर्दै एएफपीले जनाएको छ ।
यसैगरी डिस्काउन्ट ब्यांकमार्फत सेवा प्रवाह गर्ने ब्यांकहरूले सेप्टेम्बर १ बाट सेवा कटौतीको सामाना गर्नुपर्ने जनाइएको छ ।
इजरायलको अर्थ मन्त्रालयले दुईवटा बैंकले आफ्ना प्यालेस्टिनी समकक्षीसँग सेवा सहकार्यको सम्बन्ध अन्त्य गर्ने प्रस्ताव गरेको पुष्टि गरेको छ ।
समग्र जोखिमको वातावरण र बैंकिङ संस्थाहरूविरुद्धका सवालमा बढ्दो चिन्ताका कारण इजरायली बैंकहरूले समकक्षता बैंकिङ सेवा प्रदान गर्न बन्द गर्ने घोषणा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयले इजरायलको सुरक्षा र आर्थिक हितको रक्षा गर्दै सुरक्षित र जिम्मेवार तरिकाले पत्राचार गरी बैंकिङ गतिविधि जारी राख्न सक्षम बनाउन बैंकहरूसँग छलफल गरिरहेको जनाएको छ ।
हाल यी दुई बैंकले प्यालेस्टिनी र इजरायली वित्तीय प्रणालीबिचको पुलका रूपमा सेवा गर्दै आएको छ ।
इजरायली बैंकहरूलाई प्यालेस्टिनी बैंकरूका तर्फबाट प्रशोधन गरिएको लेनदेनको कानुनी दायित्वबाट जोगाउन, इजरायली सरकारले प्रत्येक ६ महिनामा क्षतिपूर्ति नवीकरण गर्ने गरेको जनाइएको छ ।
इजरायली बैंकका अधिकारीलाई उधृत गर्दै एएफपीले व्यावसायिक बैंकहरू अब मनी लान्ड्रिङ वा आतंकवादी वित्तपोषणको सम्भावित जोखिम जोखिम वहन गर्न नचाहेको र पछिल्लो समय यस्तो जोखिम बढ्दै गएकाले सेवा सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको जनाएको छ ।
अर्थ विज्ञहरूलाई उधृत गर्दै बैंकिङ सम्बन्ध तोड्नाले थप लेनदेन नगदमा बाध्य पार्न सक्ने र बैंकिङ संकटको जोखिम बढ्न गई अनौपचारिक अर्थ व्यवस्था विस्तार गर्न सक्ने चेतावनी दिएको जनाएको छ ।
प्यालेस्टिनी प्राधिकरण स्थानीय बैंकहरूको सबैभन्दा ठुलो उद्धारकर्ता भएकाले यो सार्वजनिक क्षेत्रको तलब र बजेट घाटाको वित्तपोषण गर्न इजरायली बैंकहरूमा निर्भर रहेकाले यदि बैंकिङ सेवाको सहकार्य अन्त्य भयो भने प्राधिकरण आर्थिक संकटमा पुग्ने स्थानीय व्यापारीले जनाएका छन् ।
इजरायलले प्राधिकरणका तर्फबाट संकलन गर्ने भन्सार राजस्वको हस्तान्तरण निलम्बन गरेपछि प्यालेस्टिनी प्राधिकरण पहिले नै तीव्र आर्थिक दबाबमा छ ।

प्रतिक्रिया