घुस लिँदै गर्दा काठमाडौं महानगर–३० का लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

घुस लिँदै गर्दा काठमाडौं महानगर–३० का लेखा अधिकृत अख्तियारको नियन्त्रणमा


काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्वव भट्टराई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

अख्तियारका अनुसार स्थायी लेखा नम्बर (PAN) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिन सेवाग्राहीसँग रु. २१ हजार घुस माग गरी दुःख–हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टोलीले कारबाही गरेको हो।

आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट रु. २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको हो।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।