धुलिखेल । काभ्रेको धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेला परेका छन् ।
रिसोर्टको स्वीमीङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् । उनी चन्द्रागिरीका बासिन्दा हुन् ।
रिसोर्टको लापरबाहीले घटना भएको मृतकका आफन्तले आरोप लगाएको छ ।

प्रतिक्रिया