डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा


काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनी वार्ताका लागि धनगढी पुगेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो ।

यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।