काठमाडौं । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनलाई लिएर तीन बुँदे सहमति भएको छ।
तीन बुँदे सहमतिमा दुवै दलबीच प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ। सहमतिअनुसार, कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएका छन्।
त्यस्तै, सहमतिको तेस्रो बुँदामा मधेश र गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ।
शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिका क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि साथै रहेका थिए।


प्रतिक्रिया