काठमाडौं । बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको हो ।
अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन् । ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन् ।
त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन् । जसमा उनले दुई हजार ५५१ रन बनाएका छन् ।
उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन् । आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन् ।

प्रतिक्रिया