काठमाडौं । सुनसरी घटनाको विरोधमा हिन्दु युवाहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले मुस्लिम विरोधी नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सुनसरी घटनामा संलग्नमाथि कडा कारबाही गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले धार्मिक सद्भाव र नागरिक सुरक्षाको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका थिए । उनीहरूले सुनसरी घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कानुनअनुसार सजाय दिनुपर्ने माग गरेका छन् ।
हेरौं तस्वीरहरू –


प्रतिक्रिया