३७ सय थान एनसेलको सिम र २७ थान नागरिकता सहित थापा पक्राउ

३७ सय थान एनसेलको सिम र २७ थान नागरिकता सहित थापा पक्राउ


काठमाडौँ ।

कल सेन्टर संचालन गरी रकम असुली गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

किर्तिपुर नगरपालिकास्थित पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर संचालन गरिरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका मिलन थापालाई पक्राउ गरेको हो ।

उनको साथबाट ३ हजार ७०० थान एनसेलको सिमकार्ड, २३ थान ल्यापटप र बिभिन्न ब्यक्तिहरुको नागरिकता २७ थानसहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको कार्यालयले जनाएको छ ।