भद्रकालीबाट सारियो पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज वृत्त

भद्रकालीबाट सारियो पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज वृत्त


काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित हिरासतमा राखिएका श्रेष्ठलाई अहिले महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको प्रहरीले पुष्टि गरेको छ।

समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठलाई २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ गरिएको थियो। बिहीबार मात्रै अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसैबीच, श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको घटनालाई लिएर सञ्चार क्षेत्र तथा पत्रकारिता जगतमा समेत चासो बढिरहेको छ।