स्कट कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्समै

स्कट कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्समै


काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको हो। यसअघि टोलीले इंग्ल्यान्डका अलराउन्डर सेफ जैबलाई अनुबन्ध गरिसकेको छ।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेल खेल्दै १७ विकेट लिएका थिए। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा थिए। दोस्रो संस्करणमा भने उनले ९ खेलबाट १० विकेट लिए।

पुनः सुदूरपश्चिमको टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन्। ‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भनेका छन्।