भन्सार छलीको सामान दाखिला

भन्सार छलीको सामान दाखिला


भद्रपुर (झापा)। सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पाट्र्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ ।

मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रबाट आइतबार राति सशस्त्र प्रहरी बल, नेपाल बिओपी बाहुडाँगीको टोलीले उक्त सामान बरामद गरेको थियो ।

सशस्त्र प्रहरीले उक्त सामान नियन्त्रणमा लिएर जाँच गर्दा चार वटा बोरामा विभिन्न किसिमका आइफोन मोबाइलका पाट्र्स फेला पारेकोे थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदनकुमार रसाइलीका अनुसार, बरामद सामानको भन्सार मूल्य रु १८ लाख एक हजार बराबर छ । उहाँले बरामद सामान सोमबार मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको जानकारी दिनुभयो ।