रसुवा बाढी : चिनियाँ राष्ट्रपतिले गरे उच्चस्तरीय छलफल

रसुवा बाढी : चिनियाँ राष्ट्रपतिले गरे उच्चस्तरीय छलफल


एजेन्सी । राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले शुक्रबार पार्टी नेतृत्वको बैठकको अध्यक्षता गर्दै दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत प्रयासबारे छलफल गरेको ग्लोवल टाइम्सले जनाएको छ ।

बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङसहित अन्य नेताहरूले विपद्का मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।

बुधबार चीन–नेपाल सीमा क्षेत्रमा पर्ने ग्यिरोङ नाका आसपासमा विनाशकारी पहिरो गएको थियो। बाढीले नेपालमा व्यापक जनधनको क्षति गरेको छ ।