उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, काे कहाँ ?

उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, काे कहाँ ?


काठमाडौँ ।

न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

उच्च अदालत जनकपुरकी न्यायाधीश शारंगा सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालत, नेपालगन्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई तुल्सीपुर सरुवा गरिएको छ।

त्यस्तै, उच्च अदालत विराटनगरका बलभद्र बास्तोलालाई जनकपुर सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालतका न्यायाधीश वामदेव ज्ञवालीलाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा गरिएको छ।

उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश निलम पौडेललाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमै सरुवा गरिएको छ।

कसकाे कहाँ सरुवा ?