रास्वपाको नेता प्रभा ज्ञवालीले सव फ्रिजमा राख्न भनेपछि …………

रास्वपाको नेता प्रभा ज्ञवालीले सव फ्रिजमा राख्न भनेपछि …………


रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सदस्य प्रभा ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक विवादास्पद स्टाटसलाई लिएर चौतर्फी आलोचना भएको छ । मुलुक विपद्को घडीमा रहेका बेला सरकारको बचाउ गर्ने क्रममा लेखिएको भनिएको उक्त स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् ।

आलोचकहरूले विपद्मा ज्यान गुमाएका नागरिक तथा शोकमा रहेका परिवारप्रति संवेदनशील हुनुपर्ने समयमा यस्तो अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।ज्ञवालीले फेसबुकमा लेखेकी थिइन्, ‘सरकार लास नगाडम भो ! सबै नेपालीको घरमा १–१ वटा पठाइदिनु फृजमा राख्छ्म् । अझ गाडिस् भनेर बुरुक बुरुक उफ्रिनेकोमा २ वटा पठाइदिम् उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै धेरै आलोचना बढेको थियो । आलोचना बढ्दै गएपछि ज्ञवालीले आफ्नो फेसबुक स्टाटस हटाएकी छन् ।

ज्ञवाली नवलपरासीको परासी क्षेत्रमा बसोबास गर्दै आएकी छन् । पछिल्लो विपद्का घटनालाई लिएर राजनीतिक दल तथा नेताहरूका अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा व्यापक बहस भइरहेका बेला उनको यो स्टाटस पनि विवादमा आएको हो ।