कर्णाली सरकारले बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने

कर्णाली सरकारले बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने


सुर्खेत । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना र पुनर्निमार्माणका लागि रहेको बताइएको छ ।

त्यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३-२०९२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

प्रदेश सरकारले आगामी १० वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो ।