काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गरेका छन्।
डा. रिजाल र उनकी धर्मपत्नी दुर्गा रिजालले सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिइएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत प्रदान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम जम्मा गरिएको हो।

प्रतिक्रिया