तिब्बतबाट ११४ नेपालीको सकुशल उद्धार, तातोपानी नाकाबाट ल्याइयो

तिब्बतबाट ११४ नेपालीको सकुशल उद्धार, तातोपानी नाकाबाट ल्याइयो


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका बेला काम विशेषले चीनको तिब्बत क्षेत्रमा रहेका १ नाबालकसहित ११४ जना नेपाली नागरिकको चीन सरकारले सकुशल उद्धार गरेको छ ।

नेपाल प्रहरीका अनुसार भदौ १० गते आएको बाढीपछि तिब्बत क्षेत्रमा रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो ।

उद्धार गरिएका ११४ नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल प्रवेश गराइएको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । विपद्का बेला चीनले नेपाली नागरिकको उद्धारसँगै राहत तथा खोजी कार्यमा समेत सहयोग गरिरहेको छ । प्रहरीका अनुसार बाढीपछि विभिन्न प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ ।