काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपालको राष्ट्रिय शोकका दिन बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएका छन्।
अष्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानीजले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकप्रति अष्ट्रेलियाको तर्फबाट दुःख व्यक्त गरेका हुन्।
‘नेपालको राष्ट्रिय शोकका दिन हाम्रो विचार नेपालका जनता र यी विनाशकारी बाढीबाट प्रभावित सबैसँग छ,’ प्रधानमन्त्री अल्बानीजले संसदमा भने।
उनले विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिमा रहेका नेपालीप्रति अष्ट्रेलियाको साथ रहेको सन्देश दिएका छन्।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको अवस्थामा अष्ट्रेलियाली प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो।

प्रतिक्रिया