पत्रकारमाथि धाकधम्की? गृहमन्त्री सुधन गुरुङविरुद्ध ओर्लिए अधिकारकर्मी!

पत्रकारमाथि धाकधम्की? गृहमन्त्री सुधन गुरुङविरुद्ध ओर्लिए अधिकारकर्मी!

गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध, चुलियो असन्तुष्टि


काठमाडौं । गृहप्रशासनको जिम्मेवार पदमा रहेका गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध र असन्तुष्टि चुलिएको छ ।

पत्रकारहरूविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी र नागरिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन् ।

अधिकारकर्मीहरूका अनुसार लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रताको सम्मान गर्नु राज्यको दायित्व हो । सञ्चारकर्मीहरूलाई धम्क्याउने वा आतङ्कित पार्ने अभिव्यक्ति लोकतान्त्रिक मर्यादाविपरित छ ।

नागरिक समाजका प्रतिनिधिहरूले गृहमन्त्री गुरुङलाई आफ्ना अभिव्यक्तिप्रति अविलम्ब सार्वजनिक माफी माग्न र प्रेस स्वतन्त्रताको रक्षा गर्न जोडदार माग गरेका छन् ।